यो समय के हो ?
यसको प्रभाव कहाँ कहाँ भयो ?
साच्चै साठ्ठी सेकेन्डको एक मिनेट नै समय हो?
जो फेरिरहेको हामी बुझ्नु पर्ने समय हो ?
कति बज्योका उत्तर मिनेट मिनेटमा बद्लनु,
प्रत्येक साठ्ठी मिनेटमा घण्टा बद्लनु,
घण्टा हुँदै दिन बद्लिनु,
दिन हुँदै महिना अनि महिना हुँदै बर्ष बद्लनु,
बर्ष हुँदै उसको स्वरुप बद्लनु,
स्वरुप हुँदै उसको सपना बद्लनु,
सपनाले गर्दा उसका कर्म बद्लनु,
के यो कर्म,कर्तव्य सिकाउने समय हो ?
साच्चै१ यो समय हो त?
कहाँ देखि चलिरहेको छ?
स्वचालित छ कि परिचालित
यसको गति सधैं यस्तै हो त ?
चापको प्रभावले समयको गतिमा फरक पर्छ कि पर्दैन ?
पर्छ त्योबेला
जुनबेला म खुसीका पल कटाउँदा छिटो सकिन्छ।
जुनबेला म दुखका पल कटाउँदा ढिला सकिन्छ।
पर्दैन त्योबेला
जुन पल ज्ञात भो यो निरन्तर चलिरहन्छ।
जुन पल ज्ञात भो ती पलहरुका समेत मापन हुन्छ।
यो समय कुन समय जुन समय म देखिरहेको छु ?
म बाच्ने समय कसले कति तोकिदिएको छ ?
म कसरी स्वीकार गरुँ मेरो समय मेरै हातमा छ।
के मेरो समय मेरो अधीनमा छरु
कि मेरो जीवन,समयको अधीनमा छरु
म सोच्छु,
म मान्छु,
म ढुक्क छु,
यो समय मेरो जिवनको अधीनमा छैन।
यो समय यो शरीरको अधीनमा छैन।
यो समय मेरो स्वासप्रस्वासको अधीनमा छैन।
जब जीवन सकिन्छ,
जब म यो शरीरमा उब्जिएका अनेक विचार छोडि
आफुले आफुलाइ स्वतन्त्र बनाउन्छु।
यो समयको परिधीबाट,
त्योदिन अग्ला पहाडबाट स्वतन्त्र किरणहरु झुल्किने छन्
त्योदिन पक्कै मेरो घैटोमा घाम लाग्ने छ।
मलाई भन्ने छन्,
मानव समय अनुरुप नै चल्नुपर्छ,
समय कै नियम पालना गर्नुपर्छ।
समय के हो समय हुनु अघि नै बुझ्नुपर्छ।
म बुझ्दै छु अहिले
समयका परिभाषा समय अनुसार बद्लिने रहेछन्।
यी सबै समय समयका खेल नै रहेछन्।
हामी सबै जिउनु,मर्नु समयका केही पल मात्रै रहेछन्।
समय हिजो पनि चलिरहेको थियो,
आज पनि चल्दै छ,
हरेक आजको भोलि छ किन कि समय चलिरहने छ।
यो स्वतन्त्र छ,अमर छ।
यो निरंकुश छ,निरन्तर छ।

✍️
किरण भण्डारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पाँचौं सत्रान्तमा अध्ययनरत छात्र।