झापा । गायक तथा संगीतकार बिरेन रसाइलीको नयाँ साङ्गीतिक गजल ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ ।
विगत एक  दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय रसाइली अमेरिकाको पेन्सलभेनिया निवासी अब्बल गायक हुन् ।

खुसी उमङ्ग  जस्ता  दर्जनौ हिट गीत दिईसकेका गायक बिरेन रसाईलीको यो नयाँ `तिम्रो याद´ एल्बममा छ वटा साङ्गीतिक गजल रहेका छन् ।यसमा
वर्तमान समयका शक्तिशाली गजलकार दिलिप घिमिरकोे एकल शब्द सृजना र गायक रसाईलीको एकल स्वरका साथै विभिन्न चर्चित अन्य संगीतकारहरुको  संगीत समावेश गरिएको छ ।गीति एल्बम “तिम्रो याद” का अन्य गीतहरु अब चाडैं नै साङ्गीतिक बजारमा ल्याउने गायक बिरेन रसाईलीले बताए ।         

कवाली शैलीको यो एल्बमको शिर्ष गीत तिम्रो यादमा भने  द भ्वाइस अफ नेपालका प्रथम बिजेता संगीतकार सिडि बिजय अधिकारीको संगीत सृजना रहेको छ ।

जाडोको सिजन शुरु भएसँगै साङ्गीतिक माहोल नै तताउने  खालको भिडियो रहेकोले यो गीतले दर्शक श्रेताको मन छुनेमा आफू विश्वस्त रहेको गीतकार दिलिप घिमिरे बताउँछन् ।

भिडियोमा  राजदरबार भित्रको प्रेम कथालाई पछिल्लो पुस्ताका चर्चित मोडलहरु जीवन भट्टराई ,अञ्जना दुवाडी र अमिषा सुवेदीको बेजोड अभिनय देख्न सकिन्छ । तिम्रो यादको भिडियोमा जीवन र अञ्जनाले जीवन्त अभिनय पस्केका छन् ।उनीहरू  राजा र रानीको अभियानमा  खुलेका पनि छन् ।

काठमाडौँको बुढानिलकण्ठ स्थित ताज महलमा छायांकन गरिएको भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश धितालले  गरेका हुन् ।
देबेन्द्र नेवाको एरेन्ज रहेको गीतमा सन्तोष राजबहकको कोरियोग्राफी रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् भने निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने हुन् ।ओएसआर डिजिटल युट्युव च्यानल मार्फत यो भिडियो सार्वजनिक गरिएको  छ।