दूधे

सहारा सतासी महिला मौरी मह उद्योग शिवसताक्षी दूधे झापाले अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार दूधेको होटल मुडीमुनमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा सहारा साकोस नेपालका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले सानो रकमबाट सुरु गरेको सहारा साकोसले दुई दशकको अन्तरालमा ठूलो फड्को मारेको बताएका छन् । उनले हाल १५ अर्बको कारोबार गरिरहेको बताउँदै छोटो समयमा नै मुनाफाको आश नगर्न संकेत गर्दै विरुवा रोपेपछि फल लागिन्जेलसम्म कुर्नुपर्ने बताए । उनले सतासी महिला मौरी पालन सकोसलाई उदृत गर्दै भने “साहारा साकोससँगको सम्झौता सकरात्मक भए मात्र स्थानीय मह उत्पादकहरु लाभान्वित हुनेछन्” ।

सामूहिक र सम्झौताको व्यापारले मात्र मौरी कृषकहरु उत्साहित हुने भन्दै प्रमुख अतिथि निरौलाले भने सतासी महिला मौरी पालन साकोसको व्यवस्थापक दक्ष र अनुभवी भएकीले एक आपसमा सहकार्य गरेर सम्झौता कायम गर्दै सहकारीको मूल्य, मान्यता स्थापित गर्न अनुरोध गरेका छन् । उक्त कार्यक्रममा सतासी महिला मौरी पालन साकोसको अध्यक्ष धनमाया थापा र व्यवस्थापक देवी दाहाल अनुपस्थित थिए । तीन वर्ष अघि सतासी महिला मौरी पालन साकोस र सहारा नेपाल साकोसबीच मह उत्पादन र बिक्री वितरण गर्ने गरी सम्झौता भई सहारा सतासी महिला मौरी मह उद्योगको रुपमा व्यापार व्यवसाय हुँदै आएको थियो ।

कार्यक्रममा सहारा साकोस नेपालको सदस्य शंकर रिजाल, होक्से कृषि सहकारी साकोसका छविरमण तिम्सिना, सतासी महिला मौरी पालन साकोसका पूर्व अध्यक्ष केसमाया थोप्रा, सहारा नेपाल साकोस दूधे सेवा केन्द्र प्रमुख मेनुकादेवी शिवाकोटी, सहारा साकोसका सदस्यहरु लक्ष्मी सुवेदी, भीम गिरी, राजेन्द्र खरेल, मौरी कृषक सन्तकुमारी मुखिया लगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रमका सभापति तथा सहारा महिला मौरी मह उद्योगका अध्यक्ष पवित्रा लिम्बूले अहिले जति पनि जनशक्ति उत्पादन भएर आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गरिरहेका छौँ, सबैको श्रेय सहारा साकोस नै भएको भन्दै मौरी किसानहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुग्ने हैसियत निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् । कार्यक्रमको सञ्चालन मोहन तिम्सिनाले गरेका थिए ।