स्वर्गीय कर्णबहादुर भेट्रान फुटबल प्रतियोगिता र त्यसका केही अनुभूतिहरु


फुटबल विश्वमा प्रायः सबैले मन पराउने एउटा लोकप्रिय खेल हो । जब विश्वकप सुरु हुने तयारी हुन्छ, संसारका फुटबलप्रेमीहरु एउटा ठूलो चाड आएको महशुस गर्छन् । फुटबलले केटाकेटी, वयस्क, महिला कसैलाई पनि छेक्न सक्दैन । फुटबलप्रति सबैको धारणा सकरात्मक रहन्छ मात्र होइन फुटबलले शारीरिक सुगठन मजबुत बनाउँछ र सकारात्मक सोचको विकास गर्छ भन्ने मलाई लाग्दछ । यो सकरात्मक जीवन जिउनका लागि अपरिहार्य तत्व हो । यसले मनोरञ्जन त गराउँछ नै तर तपाई यदि फुटबल खेल्न मैदानमा उत्रदै हुनुहुन्छ भने सकरात्मक र स्वस्थ्य हुनुहुन्छ ।
हाम्रा अनन्य मित्र शिवसताक्षी वडा नं. ११ का भेट्रान खेलाडी सन्तोष नेम्बाङ सरल र स्वच्छ स्वभावका धनी व्यक्तित्व हुन् । वहाँका पुजनीय बुबा स्वर्गीय कर्णबहादुर नेम्बाङको स्मृतिमा गत चैत्र ५ गतेबाट खेलाइएको फुटबल प्रतियोगिता मेरा निम्ति जीवनमा एक अविष्मरणीय क्षणको रुपमा रहिरहने छ । खेल खेलाइने क्रममा हामीले धेरै राजनैतिक प्रभाव पारेर विषेश दललाई प्राथमिकतामा राखेर कुनै एक अवाजलाई मात्र उठाएर खेल मैदानलाई राजनीतिक दाउपेचको अड्डा बनाएको पाएका छौँ । तर यहाँ त्यो कहिले भएन यहाँ त समग्र देशलाई प्रतिनिधित्व गरिएको थियो । यहाँ एमाले, कांग्रेस, माओवादी लगायत विभिन्न दललाई मात्र उपस्थित गराइएन सबै तह र पेसामा रहेका व्यक्तिहरुलाई नछुटाई सम्मान तथा आतिथ्यता गरियो । खेल साह्रै हर्षोल्लास र शान्तपूर्ण वातावरणमा सञ्चालन गरियो । बुबा स्व. कर्णबहादुर नेम्बाङलाई मानिसहरुले खेल अवधिभरि मात्र सम्झेनन् अहिले पनि उहाँका बारेमा पढ्ने वातावरण दूधे भेट्रानका साथीहरु सबै मिलेर बनाइदिएका छन् । वहाँलाई अमर बनाउने काममा वहाँका छोरा–छोरी तथा सम्पूर्ण परिवारका सदस्यहरुको प्राथमिक भूमिका रहेको छ । खेल अवधीभरि सबै दिन त म कारणवश उपस्थित हुन सकिनँ तर जति दिन गएँ त्यति नै दिन जीवन राम्रो बिताएर आएँ । अनुहारमा हाँसो अनि मन गद्गद् भइरहन्थ्यो । फेरि भोलि कहिले हुन्छ होला भन्ने पर्खाइ रहिरहन्थ्यो । त्यहाँ खेलाडी तथा दर्शक दुवैका बीचमा रहस्यमय सम्बन्ध स्थापित भएको पाएँ । झन् अन्तिम खेलमा त केही दिदीबहिनीहरुको फुटबलप्रतिको क्रेज र खेलाडी र टिमप्रतिको माया देखेर मलाई मात्र नभएर हाम्रा बाँकी साथीहरु पनि अचम्मित भएको पाएँ । अहिले आएर युवा खेलाडीहरुको खेल त्यति रोमान्चक नभएको र भेट्रान खेलहरु बढी रोमान्चक हुँदै गएको कुरा एकजना मसँग बसेका युवक साथी सुनाउँदै बुबा स्व. कर्णबहादुर नेम्बाङ स्मृतिको गुणगान गाइरहेको पनि पाइयो । त्यहाँ शिक्षक साथीहरुलाई पनि अपार सम्मानका साथ आसन गराइएको पाइयो । कहि कतै बौद्विक स्तरलाई होच्याएर राजनीतिज्ञहरुलाई मात्र आतिथ्यता गराइएको पाइएको छ ।
म शिक्षक, पत्रकार, लेखक अनि भेट्रान खेलाडी भएर होला मलाई यो विषयमा अलि विवेचनात्मक रुपमा बोल्न वा लेख्न मन लागेको होला या अरु विभिन्न कारणहरु जस्तै एकता, सामाजिक भावना पारिवारीक प्रेम अनि स्वास्थ्यसँग बढी सम्बन्ध राखेर होला यो स्मृतिलाई सदाका लागि सम्झदै बुबा स्व. कर्णबहादुर नेम्बाङ पक्कै पनि यही कतै हाम्रै वरपर अदृश्य रुपमा दूधे भेट्रानका साथीहरुलाई बढी मात्रामा धन्यवाद दिँदै हाँसी खुसी जीवन बिताउनु हुदैछ होला भन्दै वहाँलाई हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछु । जम्मा ८ वटा टिमलाई समावेश गरेर खेलाइएको खेल खेल्नका लागि सीमा पारी दार्जिलिङबाट पनि केही बङ्गाली भाषी साथीहरुलाई समावेश गराएर हाम्रै नेपालीभाषी दाजुभाइ पनि आएर स्व. कर्णबहादुर नेम्बाङ स्मृतिलाई अझ रोमाञ्चक बनाएका थिए । त्यो भीडमा म केही समय मिलाएर ती दार्जिलिङबाट आएका खेलाडीसित गफ गर्ने जमर्को गर्दै बसेँ । वहाँहरु भन्नुहुन्थ्यो नेपालमा खेल्न आएको छाँै आफ्नो घरको आँगनमा खेल्दै छौँ जस्तो लाग्छ । तपाईहरुले आयोजना गर्नुभयो बोलाउनु भयो हामी एकदम खुसी छौँ । गएर हामी आफ्नो घरमा बुबा स्व. कर्णबहादुर नेम्बाङ स्मृतिको बारेमा पक्कै कुरा गर्नेछाँै । यो खेलमा पूरा सेट आउन नपाएर हार व्यहोरेको भन्दै आउने तेश्रो स्मृति चाँही सबै राम्रा खेलाडी लिएर पुनः आउने कुरा ५९ वर्षिय दावा तामाङ र बङ्गाली भाषी १७ नं. जर्सी लगाउने खेलाडी साथीको रह्यो । मैले सबै भेट्रान साथीहरु जो खेलाडी थिए उनीहरुको शरीर साह्रै सुगठित पाएँ । सबै खेलाडीहरु युवा खेलाडी जस्तै या त्यो भन्दा राम्रो खेलेको पाएँ । राष्ट्रियस्तरका खेलाडीहरुको उपस्थितिले बुबा स्व .कर्णबहादुर नेम्बाङलाई अजर अमर बनाउन मद्दत पुगेको छ । सबै जसो म भेटे«ान साथीहरुसँग नै बसेँ, उनीहरुको कुरा सुनेँ । खेलप्रतिको धारणा बुझेँ अनि आयोजक र आयोजनाको भव्य खुलेर साथीहरु प्रशंसा गरेको पाएँ । भेट्रान खेल हेर्नका लागि भनेर टाढा–टाढाबाट साथीहरु आएका थिए । संजोग फेरि प्रायः खेलाडी भेट्रान साथीहरु वर–पर हुन्थे । रात प¥यो घर जान तर खेल त्यति रोमान्चक छ कसरी छाडाँै भन्दै खेल अन्त्यसम्म हेरेर जान्थेँ । सबै प्रकारका सबै ठाउँका भेट्रान साथीहरुसँग गफ गर्ने अवसर पनि प्राप्त गरँे । मैले मेरा विद्यार्थी साथीहरुले गेमलाई लाइभ गरिरहेको देखेँ । कोही स्वयंसेवक देखेँ सबै विद्यार्थीहरु अनुशासित देख्दा आफूलाई गौरवान्वित ठान्थेँ । खेलमा जुम्बा नृत्य प्रस्तुत गर्ने ३ जना बहिनीहरुले आयोजनालाई भव्य बनाउन सहयोग गरेका थिए । दर्शकहरुलाई दिनहुँ १ हजार रुपैयाँ बराबरको रिचार्ज दिइएको थियो । अन्तिम दिनभने जम्मा १२ जनालाई २ सयका दरले २ हजार ४ सयको रिचार्ज बाँडिएको थियो । खेल अवधिभर कुनै पनि कुराको गुनासो कसैबाट सुनिएन । हुन त सुन्दरता आँखामा हुने गर्दछ तर व्यक्ति –व्यक्तिको सुन्दरताप्रतिको हेराई अलग रहन्छ नै, म चाहिँ बुबा स्व. कर्णबहादुर नेम्बाङ स्मृतिको एक ठूलो प्रेमीको रुपमा प्रस्तुत हँुदैछु । अधिकांश जीवनका वर्षहरु खेलकुदमा बिताएर होला म फुटबल खेलप्रति सबैभन्दा बढी मोह राख्दछु । म पनि झिलझिले भेट्रान र शिवसताक्षी वाड नं. ११ को भेट्रान खेलमा सहभागी हुने गर्दछु । समय मिलेमा यस्ता ठूला खेलहरु खेल्ने पनि चाहना राख्दछु । खेल खेल्न स्वस्थ र सकरात्मक हुनु हो भन्ने मलाई लाग्दछ । खेलको नाममा राजनीति कहिल्यै नगरौँ भन्ने लाग्दछ । देखिएको छ खेलमा राजनीति भित्र्याएर भर्खरै उद्घाटन गरिएको संस्थाहरु सकिएका र सकिदिएका छन् । खेल होस् त बुबा स्व. कर्णबहादुर नेम्बाङ स्मृति जस्तो होस् । झिलझिले भेट्रानले सुरुवात गरेको आमा रुखमाया लिम्बू (लाओती) स्मृति जस्तो होस्, जहाँ राजनीतिको गन्ध पनि समावेश भएको थिएन र हैन पनि । तर विडम्बना स्वस्थ्य खेल अनि अध्यात्मिकता लुप्त हुदै जादैछ । यसको निरन्तरता हुनुपर्छ भन्ने उदाहरण बनेको छ बुबा स्व. कर्णबहादुर नेम्बाङ स्मृति । आशा छ, झिलझिले भेट्रानका साथीहरु जो समितिमा छन् वहाँहरुले पहिलो स्मृतिलाई निरन्तरता दिने बारेमा सोच्नेछन् । यदि सबै ठाउँमा यस्ता खेलकुदका गतिविधि हुँदो हो त समाज प्रगतिको बाटोतर्पm उन्मूख हुनेछ । संस्था नै चाहिदैन, विकास नै चाहिदैन मात्र पैसा कमाउनु पर्छ जसरी भएपनि भन्ने जमात बढ्नाले यस्ता सकरात्मक गतिविधि ओझेलमा पर्ने गरेका छन् । बुबा स्व. कर्णबहादुर नेम्बाङ हामी माझ शारीरिक रुपले नभए पनि वहाँ हाम्रा मानसपटल र हृदयमा जहिले रहिरहनु हुनेछ ।
खेल अवधिभर दूधे भेट्रानका साथीहरुको मित्रताबाट धेरै दर्शकहरु खुसी देखिन्थे । भाइचारा, भातृत्व, सामाजिक भावना, सहयोगी विचार, एकता अनि स्वतन्त्रको ज्वलन्त उदाहरण बन्यो बुबा स्व. कर्णबहादुर नेम्बाङ स्मृति । उद्घोषणका लागि अर्का मित्र दर्शन तुम्बापोलाई बधाई नदिई बस्न सकिँन । वहाँको सबैलाई समेट्न उद्घोषणले मलाई बढी प्रभावित बनाएको थियो ।
एकता भए सबै कुरा सम्भव छ भन्ने ज्वलन्त उदाहरण हो दूधे भेट्रान । दूधे भेट्रानद्वारा खेलाइएको यो भेट्रान खेल जसले बुबा स्व. कर्णबहादुर नेम्बाङलाई दिनहुँ स्मरण गराएको थियो । खेल वास्तवमा अपरिहार्य छ, खेल खेले शारीरिक स्वास्थ्य राम्रो हुने अनि शरीर राम्रो भए मानसिक स्वास्थ्य राम्रो हुने हुनाले अहिले दुवै शारीरिक र मानसिक स्वास्थ्य धेरै व्यक्तिको खस्किएको अनुसन्धानले बताउँछ । स्वास्थ्यका लागि खेलकुद अनि खेलकुद शारीरिक र मानसिक विकासका लागि खेलिने गरिन्छ ।
स्व. बुबा कर्णबहादुर नेम्बाङ स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने प्रमुख व्यक्ति मैले नजिकबाट चिनेका मेरा मित्र सन्तोष नेम्बाङ तथा सम्पूर्ण नेम्बाङ परिवार साथै यो कार्यक्रमलाई पहिचान दिलाउन सफल दूधे भेट्रानका साथीहरुलाई म झिलझिले भेट्रानको संस्थापक सचिव राम भेटवाल, संस्थापक अध्यक्ष तिलक राईका साथै सम्पूर्ण झिलझिलेको भेट्रान परिवारको तर्फबाट स्वास्थ्य बनाउने विषयमा ठूलो योगदान गर्दै एक साधारण व्यक्तिलाई अमर दिलाउन सामाजिक कदम चाल्दै स्व. कर्णबहादुर नेम्बाङलाई हामी माझ सधै अमर बनाउने महान कार्यमा संलग्न हुँदै आउनु भएका साथीहरुलाई हार्दिक बधाई साथै शुभकामनाका साथ बुबा स्व. कर्णबहादुर नेम्बाङ स्मृति पुनः तेश्रो चरणमा पनि खेलाउने छ भन्ने आशा राख्दै सम्मानका साथ यो लेख तयार गर्ने कोसिस गर्दै जय भेट्रान, जय फुटबल भन्न चाहन्छु ।
स्वर्गीय बुबा कर्णबहादुर नेम्बाङको जन्म पाँचथर जिल्ला साविक रानीटार गाविस वाड नं. ८ मा शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेमा स्थायी रुपमा बसोबास गर्दै आउने क्रममा गत २०७५÷०४÷०२ गतेका दिन स्वर्गारोहण भएको थियो । बुबाको स्मृतिमा दूधे भेट्रानद्वारा गत वर्षको २०७७ साल चैत्र २८ गते पहिलो संस्करणको सुरुवात गरिएको थियो भने दोश्रो स्मृति कप भर्खरै मात्र चैत्र १२ गते समापन गरिएको थियो । दुवै स्मृति फुटबल प्रतियोगिताहरु शिवसताक्षी नगरपालिका वडा नं. ११ को रंगशाला दूधेमा खेलाइएका हुन् ।
आगामी वर्षहरुमा यस प्रकारको स्मृति प्रतियोगिताको निरन्तरता हुने कि नहुने भन्ने प्रश्नमा स्व. बुबाका एक मात्र छोरा तथा दूधे भेट्रान फुटबल क्लबका अध्यक्ष सन्तोष नेम्बाङ भन्छन् – अब आउने वर्षका संस्करणहरु अझ सभ्य र भव्य रुपमा खेलाइने छ ।
(–शिवसताक्षी–११, झापा)