अन्धकारको गर्भमा रुमलिरहेका आम किरातीहरुको मुक्तिदाता तथा विश्व मानव एकताको पथप्रर्दशक महागुरु फाल्गुनन्द लिङदेन सेइङको जन्म जयन्ति यही कार्तिक २५ गते संसारमा रहेका आम किरातीहरुले धुमधामले मनाउने गरेका छन् । त्यसो त महागुरु फाल्गुनन्द लिङदेन नेपालको राष्ट्रिय विभुती भएकाले यस्ता राष्ट्रिय विभुतीहरु अब केवल किरातीका मात्र रहेनन् । संसारमा जति विभुतीहरु छन् उनीहरुले समाज रुपान्तरणको लागि विभिन्न कालखण्डहरुमा अपूरणीय काम गरेका हुन्छन् र त्यसले देशलाई कहीँ न कहीँ फाइदा पुगिरहेको हुन्छ । नेपालको पूर्वी भूगोलमा रहेका आम किराती नेपालीहरुलाई उनका विचार, क्रियाकलाप, त्याग र बलिदानले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले महागुरु फल्गुनन्द सारा नेपालीका लागि पथप्रर्दशक हुन् । त्यसैले विश्वभरी रहेका नेपालीहरुले कार्तिक २५ गतेका दिन महागुरु फाल्गुनन्द लिङदेन सेइङलाई स्मरण गर्ने गरेका छन् ।
अझ किरात धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल माङसेबुङ (लारुम्बा) इलाम, लाब्रेकुटी पान्थर र सिलौटी लगायतका किरात धार्मिक पिठहरुमा किरात मुन्धुम अनुसार धुमधामले पूजा आर्चना र अनुष्ठान गरेर मनाइने गरिएको छ । विश्व शान्तिका प्रतिक महागुरु फाल्गुन्नद नेपालको राष्ट्रिय विभूती समेत हुन् । उनले छाडेर गएका हरेक विचार अहिलेको आधुनिक नेपालमा समेत यथार्थपरक छन् । तर, वहाँको देहावसान भएको ६१ वर्षपछि राज्यले पनि महागुरु फाल्गुनन्दलाई समाज सुधारकको रुपमा चिनेको छ । यसरी राज्यले चिनेपछि वहाँलाई वि.स. २०६६ मंसिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

फाल्गुनन्द जन्म जयन्तिको अवसरमा कार्तिक २५ गते मोरंगको लेटाङमा महागुरु आत्मनन्द लिङदेनद्वारा फाल्गुनन्दको मुर्ति अनावरण गरिदैछ ।
नेपाली समाजले महागुरु फाल्गुनन्द, सिरिजङ्गा, इमानसिह चेम्जोङ जस्ता महापुरुषका जन्म दिइरहेका छन् । यो नेपाली माटोले गर्व गर्न लायक व्यक्तित्वहरु हुन् । कुहिरोमा हराएको कागहरु जस्तो गुमनाम रहेको किरातीहरु इतिहासलाई उजागर गर्ने इतिहासका इमासिंह चेम्जोङ, भाषा लीपिको प्रचारमा शासकहरुबाट हत्या गरिएको सिरिजङ्गा र कुसंस्कारको दलदलमा फसेका किराती समाजलाई धार्मिक मार्गबाट माथि उठाउने महागुरु फाल्गुनन्द लिङदेन सेइङलाई १३७ औँ जन्म जयन्तिको अवसरमा शब्दशुमन व्यक्त गर्दछौं ।

फाल्गुनन्दको जन्म र बाल्यकाल
नेपालको पूर्वी लिम्बूवान भूमिको इलाम जिल्ला माङसेबुङ गाउँपालिका वडा नं. २ साविक इभाङ गा.वि.स वडा नं. ५, चुक्चीनाम्बा गाउँमा बुवा जगुनवाज लिङ्देन र आमा हंसमति वेघा लिम्बूको कोखबाट वि. स. १९४२ साल कार्तिक २५ गते आइतबार राती साईला छोराको रुपमा मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दको जन्म भएको थियो । सामान्य किसान परिवारमा जन्मिएका महागुरु फाल्गुनन्द आमाको गर्भमा रहँदा आमाले मासुमंस सेवन गरे अस्वस्थ हुने, सपना विग्रने, दःुख दिने जस्ता लक्षणहरु देखिएता पनि त्यसतर्फ ध्याननै दिइएको थिएनन् ।
तर, पछि महागुरु जन्मनु भएपछि आमाले कुखुराको मासु, जाँड खुवाउँदा आमाको स्तनपान गर्नु नहुने भयो । जन्मेको ३÷४ घण्टासम्म नरुने, दुध पनि नचुस्ने जबर्जस्ती स्तनपान गराउँदा आमाको स्तनमा खटिरा आएपछि आमाको दूध समेत नचुसाएको र चार दिन अघि ब्याएको कालो बाख्राको दुध खुवाएर उनको पालनपोषन सुरु गरिएको थियो ।
महागुरु वाल्यवस्था हुँदै आमाको देहावसान भएकोले बुवाले दोस्रो विवाह गर्नुभयो । त्यसपछि सानी आमाको रेखदेखमा हुर्कनु भो । महागुरु फाल्गुनन्दको बाल्यकाल गाई बाख्राको गोठला गर्दै वनजंगल, खोलानाला, डाँडाहरु चहार्दै बित्यो । बाल्यकालमा शान्त, एकान्तप्रेमी, कम बोल्ने स्वभावको हुनुहुन्थ्यो । महागुरु मदमंस छुन पनि नहुने बिरामी भइहाल्ने, दैनिक बिहान बेलुका माङसेवा गर्ने गर्नुहुन्थ्यो । दैवको खेलले आमाको माया ममताबाट विछोडिएका फाल्गुनन्द, बुवा र सानी आमाको रेखदेखबाट समेत बाल्य अवस्थामै बन्चित हुनुपरेको थियो ।
उनले काका काकीसँग पनि बाल्यकालका केहीँ बसन्तहरु पार गरेका थिए । तर, फाल्गुनन्द शुद्ध शाकाहारी जीवनयापन गर्ने, काका काकी मदमंस सेवन गर्ने भएकाले भान्सामा समस्या भएकोले काका काकीसँग सँगै बस्न असहज भयो । त्यसैले काकाकाकीले लेछेबुङ बारीमा सानो कटेरो बनाइदिनुभयो । र, उनी छुटेर त्यतै बस्नुभयो । लेछेबुङमा ३ रोपनी ३ आना बारी, एउटा कोदालो, एउटा तेरेङ खेस्या, एउटा माटाको हण्डी, एउटा सिलबर थाल, एउटा कराई, एउटा खुर्पा र एउटा हँसिया, दुई माना पिठो र चार झुत्ता मकै वहाँलाई अंश दिइएको थियो । त्यसपछि भ्याकुर र तरुल खनि खाँदै जीविका चलाउन थाल्नु भयो । तरुल खन्न जाँदा बुढी मान्छे अघि गएको देखिने र, तरुल पनि उनले धेरै भेटाउने गरेको उनको जीवनीमा पढ्न पाइन्छ ।
महागुरुको उपनाम
महागुरु फाल्गुनन्दको न्वारनको नाम नरधोज राखिएको थियो । तर पनि नानीहरु जन्मिन्दै मरेकाले महागुरुको जन्म भएपछि जीवन रक्षाको लागि फलामको चुरा लगाईदिंदा दिर्घायू हुन्छन् भन्ने जन विश्वास भएकाले महागुरुलाई फलामको चुरा लगाई दियो जसले गर्दा उनको बोलाउने नाम फलामसिं हुन गयो । महागुरुले लिम्बुवानवासी सबैलाई एकै ठाउँमा भेला गरेर तत्कालीन किरात समाजमा रहेको विकृति विसंगतिहरुलाई हटाउने उद्देश्यले १० लिम्बुवान १७ थुमका किरात समुदायहरुलाई वि.सं. १९८८ बैसाक २४ गते बुधबार भेला गराएर ७ बुँदे सत्यधर्म मुचुल्का पारित गर्नुभयो । सोही भेलाको क्रममा एक साँझ महागुरुका चेला तथा तत्कालीन सुब्बाद्धय शेरबहादुर लाओती र काजीमान तुम्बाहाम्फेलाई महागुरुले सोध्नुभयो, ‘म को हु ?’ दुवै जनाले राति सल्लाह गरेर भोलिपल्ट उत्तर दिने भन्ने आज्ञा पाएपछि भोलीपल्ट, ‘सत् आहार, सत् विहार, सत् कर्म, सत्य बोल्ने सत्यहाङमा’ भनेर भन्नुभयो ।
तबदेखि उनी सत्यहाङमा नामले पनि परिचित हुनुभयो । महागुरुलाई विशेष गरी ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, फलामसिं र मुहिङगुम अङसीमाङ, राष्ट्रिय विभूति उपनाम र उपमाले समेत चिनिनु भएको छ ।
समाधिज्ञान
महागुरु फाल्गुनन्दका बुवा जगुनवाज देउमाई खोलापारी जीतपुरमा खेती गर्ने क्रममा जीतपुरको खत्रक्पा पारी दानाबारीको सहविरे वोरुङ भनिने ठाउँमा गोठ बनाएर बस्ने क्रममा समय समयमा घरबाट खाद्य सामग्री पु¥याउन जानु पथ्र्यो । त्यहीँ शिलशिलामा सानी आमाले बुवालाई सातुसामल गोठमा पु¥याउन महागुरुलाई पठाउनु भयो । चामलसँगै मासु पनि डोकोमा बोकाएर पठाएको कारण महागुरुलाई ज्वरो आउन थाल्यो ।
शरीरभरि फोकै फोका आउन थाल्यो, मुस्किलैले गोठमा पुग्दा छोराको अवस्था देखेपछि बुवाले सोध्दा महागुरुले आँशु झारेर टुलुटुलु हेरी मात्र रह्यो । महागुरुलाई लिएर बुवाले छिमेकी गोठालाहरुलाई गोठ हेर्न लगाएर घर तिर फर्कयो । महागुरुलाई तीन दिनसम्म फेदाङमा, विजुवा लगाएर उपचार गर्दा पनि निको भएनन् । सबै छिमेकीहरु भेला भएर रुङ्ने क्रममा चौथो दिन बेलुकी भने, गाउँलेहरुले रुगेर सुतिरहेका महागुरु जुरुक्क उठेर जंगलतिर दौड्यिो ३÷४ जनाले पछ्याउँदै दौडे तर जंगलमा अल्पेपछि फेला परेनन् । यसरी महागुरु ८ वर्षको हुँदा सुतिरहेको अवस्थामा एक दिव्य पुरुषले इशारा दिएर बोलाएकोले महागुरु आकर्षित भएर जुरुक्क उठेर दिव्य पुरुषको पछिपछि लाग्दा माईखोलामा नुहाउन लगाएको र केही माथि खत्रक्पाको खोल्सीमा लगेर लाम्पातेको रुखको फेदमा उभ्याएर खुट्टानेर छेउको भुईमा खोस्रेर सिमीको दाना रोपे जस्तो गरेर त्यही बीउ उम्रेर लहरा भई महागुरुलाई चलमल गर्न नसक्ने गरी बाँधेर दिव्य पुरुषले माईखोला तिर औल्याउँदै, आमासँग माफी माग भनि त्यहीँ अल्पिएर महागुरुको शरिर हल्का भएको र बेरिएको लहरा पनि लोप भएको थियो भनि महागुरुको जीवनीमा उल्लेख गरिएको छ ।
त्यसपछि केही छिनमै शरिरनै आनन्द भएर माईखोला तिर फर्केर हेर्दा बाजागाँजाहरुको ध्वनीसँगै खोलाको बीचबाट दिव्य सुन्दरी युमामाङ निस्केर महागुरुलाई सुम्सुम्याउँदै तपस्वी हुन्छौ अगाडिको ब्रत पूर्ण गर्नु भनेपछि पुनः दिव्य सुन्दरी अल्पेपछि मुन्धुममा ठूला–ठूला अक्षरहरु क्रमैसँगले खस्न थाले जुन महागुरुले क्रमैसँगले दैविक शक्तिले पढ्दै जानु भएपछि ज्ञानबोध भयो भनि उल्लेख गरिएका छन् । अन्ततः महागुरुले खत्रक्पा लाम्पातेको रुखको फेदबाट समाधिज्ञान प्राप्त गर्नु भयो ।
जीवन शैली
महागुरु फाल्गुनन्द आजीवन ब्रम्हचारी भएर बस्नु भयो । महागुरु फाल्गुनन्द महिलाको भेषभूषा र गरगहनामा सजिएर बस्नु हुन्थ्यो । हिड्नु हुन्थ्यो । महागुरुको जीवन शैली सरल रहेको जनाइएको छ । कम बोल्ने, मसिनो स्वर भएको हुनुहुन्थ्यो । वहाँ शाकाहारी भोजन ग्रहण गर्ने संधै हिँडिरहने, ज्ञान गुणका कुराहरु बाँडिरहने फाल्गुनन्दले आजीवन सादा जीवन व्यतित गर्नुभएको थियो । वहाँले प्रयोग गर्नु भएको खराउको चप्पल, महागुरुको केश, चिम्टा, त्रिशुल र खुर्मीहरु महागुरुकालीन माङहिमहरुमा अहिले पनि सुरक्षित रहेको छ ।
फक्ताङलुङ तिर्थस्थल यात्रा
मुहिङगुम अङसीमाङ फाल्गुनन्दले किरात धर्मावलम्बीहरुको तिर्थभूमि, मुक्तिभूमि तिर्थस्थलको रुपमा सेन्चेई फक्ताङलुङ (कुम्भकर्ण हिमश्रृंखला) मा सर्वप्रथम वि.स. १९९३ सालमा वहाँले तिर्थयात्रा गरेर ढोका खुला गरिदिनु भएको छ । जसले गर्दा आजसम्म पनि किरात धर्मावलम्बीहरुले वर्षेनी फक्तालुङको तिर्थयात्रा गर्दै आइरहेका छन् । पहिलो फक्ताङलुङको यात्रामा महागुरुले फक्ताङलुङको फेदीमा पुगेर ठूलो सेवा लगाएर फर्किनु भएको वहाँको जीवनीमा पढ्न पाइन्छ । वि.स.१९९५ सालमा फक्तालुङ जाँदा पारुङतेम्बेमा धर्मशाला समेत निर्माण गर्नु भएको थियो ।
किरात माङहिम निर्माण
मुहिङगुम अङसीमाङ लिङ्देन महागुरु फाल्गुनन्दले विभिन्न थुम थुममा माङहिमहरु निर्माण गर्नुभएको छ । वि.स. १९८५ सालमा पान्थरको चोकमागु ३ मा लब्रेकुटी– ८ जिल्ला माङहिम स्थापना गर्नु भयो । किरात साङसेन वरक चोत्लुङ माङहिम स्थापना गर्नु भो । यसरी नै वि.स.१९८८ मा सत्रथुम गोश्वारी युमा माङहिम लोब्रेकुटी मै निर्माण गर्नु थियो । वि.स. १९८६ मा चुक्चीनाम्बा गैरीगाउँ इभाङमा किरातेश्वर हाङसाम माङहिम (किरात हाङसाम फाल्गुनन्द माङहिम) निर्माण गर्नुभयो । वि.स. १९९७ मा किरात हाङसाम माङहिम निगुरादिन ताप्लेजुङमा स्थापना गर्नु भएको थियो । त्यसैगरी किरात नाम्भुनयक माङहिम सिलौटी पान्थर, काबेली माङहिम साब्लाखु ताप्लेजुङ र किरात हाङसाम नाम्गेनयक माङहिम जीतपुर इलाममा पनि माङहिम निर्माण गर्नुभएको थियो । वि.स. १९९५ सालमा फक्ताङलुङ पारुङतेम्बेमा धर्मशाला बनाउनुभयो । वि.स. १९९५ सालमै पान्थर रानिटारमा सिलौटी कुटी स्थापना गर्नुभयो । त्यसैगरी भुटानमा समेत माङहिम निर्माण गर्नुभएको थियो । महागुरुले चोकमागु लगायत विभिन्न ठाउँमा पहिरो रोक्ने कार्य समेत गर्नु भएको थियो ।
सत्यधर्म मुचुल्का निर्माण
महागुरु फाल्गुनन्द लिङ्देनको महत्वपूर्ण र ऐतिहासिक कार्यको रुपमा रहेको सत्यधर्म मुचुल्कानै वहाँलाई समाज सुधारकको रुपमा परिचित गराई राष्ट्रिय विभूति बनाउने सूत्र बन्यो । महागुरुले मुचुल्का निर्माण नगर्नु भएको भए सायद राष्ट्रिय विभूति हुने आधार नरहने थियो । लिम्बुवानबासी सबैलाई एकै ठाउँमा भेला गरेर तत्कालीन किरात समाजमा रहेको कुरीति कुसंस्कारलाई हटाउँने उद्देश्यले १० लिम्बु १७ थुमका सुब्बा, कारबारी, गन्यमान्य, बुद्धिजीवी, ठूलाठालुलाई पत्र लेखेर वि.सं. १९८८ बैसाक २४ गते बुधबार पान्थरको लब्रेकुटीमा बृहत् भेला गराई महाचुम्लुङको आयोजना गर्नु भएको थियो । पान्थर यासोक भदौरेका सुब्बा शेरबहादुर लाओती, तेह्रथुम म्याङलुङका सुब्बा काजीमान तुम्बाहाङफे, धनकुटा चौविसका सुब्बा प्रेमबहादुर माबोहाङ लगायत लिम्बुवानका सबै सुब्बा, कारबारी, गन्यमान्य, बुद्धिजीवी, ठूलाठालु सबैको उपस्थितिमा मुचुल्का खडा गरिएको थियो । सो भेलाले तीन ठाउँमा सर्दै पाँच दिनसम्म महागुरु फाल्गुनन्दद्वारा प्रस्तुत प्रस्ताव माथि गहँन छलफल गरी किरात मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृति सम्बन्धि ७ बुँदे मुचुल्का तयार गरेको थियो । सो मुचुल्कालाई सत्य धर्म मुचुल्का नामाकरण गरिएको थियो । ७ बुँद्धे सत्यधर्म मुचुल्का किरात समाजमा प्रचलित तुम्याहाङ प्रणालीको आधारमा निर्माण गरिएको ऐतिहासिक दस्तावेजको रुपमा तयार पारिएको थियो । तुम्याहाङ (भद्र भलाद्मी) भेला भएर समाजका प्रथाजनित कानूनहरु निर्माण गर्ने प्रचलन तुम्याहाङ प्रणालीको विद्यमान थियो । सोही अनुरुप सत्य धर्म मुचुल्का निर्माण भएको थियो । सत्य धर्म मुचुल्काले समाजलाई समानता, अहिंसा, शान्ति र प्रकृतिपूजाको दिशामा मार्ग निर्दिष्ट गरेको छ । सत्य धर्म मुचुल्काकाले विशेष गरी छोरी चेलीको सोतरित नखानु, माङसेवा गर्दा, बिहे भोज गर्दा, सुध्याई गर्दा जीव हत्या नगर्नु, बलिपूजा नगर्न जोड दिएको छ । मृतकलाई पिण्ड चढाउँदा मदमदिरा, मासु मंसको प्रयोग नगर्नु, मृत्यु सुतक बार्नु, वृद्धि सुतकलाई समेत ध्यान दिनु, मदमदिरा, मासु मंस सेवन नगर्नु भनेर शाकाहारी जीवन पद्धतिलाई विशेष जोड दिएको पाइन्छ । छोरा र छोरीमा विभेद्को अन्त्य गर्नु, लैंगिक, जातीय, वर्गिय विभेदको अन्त्य गर्नु, मातृभाषाको शिक्षामा जोड दिनु, ठाउँ ठाउँमा माङहिम र स्कूलहरु निर्माण गर्नु, सादा जीवन शैली अपनाउनु, विचारले उच्च हुनु, उत्पादनशिल बन्नु, स्वावलम्बी बन्नु, विश्व शान्ति तथा मानव एकता कायम राख्नु जस्ता समाज सुधारका महत्वपूर्ण बुद्धाहरुलाई मुचुल्काले सशक्त रुपमा उठान गरेको छ । लामो समय मुन्धुम मौखिक परम्परामा रहेकोले हराउँदै गएको र मुन्धुमलाई लिपिवद्ध गर्न पनि मुचुल्काले जोड दिएको छ ।
महागुरुको देन
महागुरु फाल्गुनन्दले गलत मार्गमा दौडिरहेको संस्कारलाई दिशाबोध गराएर किरात धर्म दर्शनको रुपमा सत्तमार्ग, सुसभ्य मार्गको रुपमा किरातीहरुलाई डो¥याएर साथै साम्जीक मुन्धुमलाई संहिताकरण गरेर किरात समुदायको निमित्त सुसंस्कृति समाज निर्माण गर्नुभएको थियो । लोपोन्मुख अवस्थामा रहेको किरात लिपिलाई प्रचार–प्रसार गरी ब्यूँताउनु भएको थियो । यसरी नै विश्व शान्ति र मानव एकताको शंखघोष गर्दै सत्य, शान्ति र अहिंसाको मार्ग देखाउनु भयो । समाजमा रहेको जातीय, वर्गिय, लैङगिक विभेदको अन्त्य गर्नु पर्नेमा वहाँले जोड दिनु भयो । वहाँले सादा जीवनशैली अपनाई सधै उत्पादनमुखी, सीपमुखी हुनुपर्ने, परिवर्तन र विकासको लागि, पहिचान र सभ्यताको लागि मातृभाषा शिक्षालाई समेत प्राथमिकता दिई अघि बढनुपर्ने कुरामा महागुरुले सदा दिशाबोध गराउँनु भएको थियो । तर, पनि एक पक्षले वहाँलाई साधु, खराने, सत्यहाङमा नामले पनि सम्बोधन गरेका थिए आजसम्म पनि यहीँ उपनामले वहाँलाई चिनेका छन् । धेरैले वहाँको जीवन उपयोगी मार्ग दर्शन नबुझेर महागुरुलाई अपशब्दले पनि सम्बोधन गरेको इतिहास भेटिन्छन् । कसैले जानेर र बुझेर पनि पृथकपन देखिनको लागि पनि वहाँको दर्शनलाई गलत सावित गराउन प्रयत्नशील छन् । किरातीहरुको आफ्नो धर्म, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति लोप हुन लागेको अवस्थामा किरात सभ्यताको ज्योति बनेर जन्म लिनु भएका महागुरु फाल्गुनन्दले कुरीति र कुसंस्कारको दलदलमा रुमालिएको किरात समाजलाई सभ्य र सुसंस्कृत बनाउन जीवननै समर्पण गर्नु भएको थियो ।
सत्य, शान्ति र अहिंसाका सूत्रधारको रुपमा सबैमाझ् पुज्य हुनुभएका फाल्गुनन्दले देश तथा विदेशका विभिन्न ठाउँहरुमा पुगेर सभ्य समाज निर्माण गर्नमा जीवनपर्यान्त लागिपर्नु भो । सत्य र अहिंसाको मार्गमा किरात समाजलाई डो¥याउनमा कति पनि कसुर नराखिकन परिवर्तनका पाटोलाईनै अंगालेर मानव समुदायलाईनै ज्ञान बाड्न, उपदेश बाड्न निरन्तर अघि बढिरहनु भयो ।
राज्यको सम्मानमा असमानता
महागुरु फाल्गुनन्द लिङ्देनलाई राज्यले राष्ट्रको अमूल्य निधिको रुपमा सम्मान गरेको छ । महागुरु फाल्गुनन्दको नाममा रु १५ को हुलाक टिकट राज्यले सार्वजनिक गरेको छ । महागुरु फाल्गुनन्दको नाममा नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनी समेत प्रकाशन गरेको छ भने, वि. स. २०६६ साल मंसिर १६ गते नेपाल सरकारले वहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । यसरी महागुरुलाई राज्यले विभूति घोषणा गरेपछि वहाँको जन्मजयन्तीलाई थप रौनकता दिँदैं किरात धार्मिक संस्थाहरुले वि. स. २०७१ साल बैशाख २४ गते महागुरुको जन्मजयन्तीलाई किरात चाडपर्व घोषणा गरेको थियो । त्यसपछि सेवा र सभामा सिमित्त रहँदै आएको वहाँको जन्मजयन्तीले पर्वको रुपले व्यापकता लिएको हो ।
तर, राष्ट्रिय विभूति महागुरुको जन्मदिन हरेक वर्ष कार्तिक २५ गते सार्वजनिक बिदा दिने तत्कालीन सरकारले गरेको निर्णयलाई बदर गर्दै, नेपाल सरकारलेनै फाल्गुनन्द जन्मजयन्तीको सार्वजनिक बिदा कटौती गरेको छ । राष्ट्रिय विभूतिको जन्मदिनमा दिइने बिदा किरात धर्मावलम्बीहरुलाई मात्र बिदा दिने भनि परिभाषित गरिएको छ ।
राष्ट्रिय विभूति फाल्गुनन्द जन्मजयन्तीको दिन किरात समुदायलाई मात्र बिदा दिने भन्ने परिभाषानै विभेदकारी रहेको किरात धर्मावलम्बीहरुको मत छ । यसले फाल्गुनन्द राष्ट्रिय विभूति हुन कि किरात समुदायको मात्र हो अन्योल बनाएको छ । यी परिभाषाले फाल्गुनन्द, राष्ट्रिय विभूति हुन कि होइन ? भन्ने जिज्ञासा चौतर्फि उब्जाएको जानकारको भनाई छ । यस्ता विभेदकारी र अस्पष्ट संवैधानिक परिभाषालाई संशोधन गरिनु पर्ने किरात धर्मावलम्बीको भनाई छ ।
महागुरुलाई सरकारले आफै राष्ट्रिय विभूति घोषणा गरी सम्मान गरेर विभूति बनाएको व्यक्तित्व आज कसरी कुनै एक समुदायसँग मात्र सम्बन्धित रहेको परिभाषित गरियो ? राज्यको यस्तो परिभाषा र व्यवहारले फाल्गुनन्द राष्ट्रको विभूति हुन कि किरात समुदायको मात्र विभूति हुन भनि गम्भीर प्रश्न जन्माएको छ । यदि राष्ट्रिय विभूति हो भने, राष्ट्रको सम्पतिलाई संरक्षण गर्न र प्रचार–प्रसार गर्ने दायित्व पनि सिंगो राज्यको हुनुपर्ने किरात समुदायको बुझाई छ ।
यसरी नै महागुरुको नाममा राष्ट्रिय विभूतिको रुपमा सरकारले घोषणा गरेर सम्मानको हात बढाएको छ । महागुरुको नाममा दर्जनौ शैक्षिक संस्था, वितिय संस्था तथा कैयौ माङहिम र क्लबहरु पनि सञ्चालनमा आएका छन । महागुरुको सम्मानमा हरेक वर्ष कार्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र बैशाख २४ गते समाज सुधार दिवस समेत मनाउदै आइरहेका छन् ।
तर, फाल्गुनन्द जन्मजयन्तीको नाममा सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगरी वहाँको नाममा दिने भनिएको बिदा सरकारले आफै कटाएको छ । त्यसैगरी झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पान्थरको चिसोपानी पञ्चमी, रबि जोड्ने सडकखण्डलाई फाल्गुनन्द मार्ग भनि घोषणा गरेर कार्यान्वयनमा दमक चिसापानी रवि सडक नामले कारोबार भइरहनु र झापाको दमकमा निर्माणाधीन फाल्गुनन्द सभागृहलाई रातारात दमक सभाहल बनाइनु महागुरु फाल्गुनन्दप्रति राज्यले गर्ने सबैभन्दा विभेद र अन्याय हो ।
आभूषण
महागुरु फाल्गुनन्दले छरपष्टिएको अनि दिशाविहीन भएको किरात धर्म दर्शनलाई मार्गदर्शन गर्नु भएका कारण महागुरु किरात धर्म दर्शनदाता हुनुभयो । तत्कालीन समाजमा व्याप्त विकृतिलाई हटाउन सत्य धर्म मुचुल्का खडा गरी त्यसलाई पालन गर्न, गराउन पहल गर्नु भएकोले महान् समाज सुधारक बन्नु भयो । महागुरु जनसांख्यिक तथ्याङक अनुसार मुलुकको चौथो धर्मको सबैभन्दा पूज्य व्यक्ति, वहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त एवं महागुरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जीवनभर गर्नुभएको कार्यका कारण सरकारले दिएको राष्ट्रिय सम्मान राष्ट्रिय विभूति र किरात धार्मिक इतिहासमा विभिन्न देवअवतारी व्यक्तिहरुको जन्म भइरहन्छ, सोही क्रममा महागुरु पनि अवतरित हुनु भएकोले मुन्धुमी भाषामा मुहिङगुम अङसीमाङ भनेर महागुरुलाई सम्बोधन गर्ने गरिएको छ ।
देहत्याग
मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दले वि. स. २००५ चैत २२ गते सोमबार अपरान्ह ६३ वर्षको उमेरमा पान्थरको सिलौटी मुनी हाङयकमा देहत्याग गर्नु भयो । हाङयकमा देहत्याग गर्नु भएपछि महागुरुको पार्थिव शरिरलाई सिलौटी माङहिममा पु¥याएर तीन दिनसम्म राखेर टाढा टाढाका चेलाहरुलाई खबर गरी तीन दिनपछि बुधबार विधिवत रुपमा ठूलो सेवा लगाएर अन्तिम संस्कार गरिएको थियो । यसरी महापुरुष मुहिङगुम अङसीमाङ फाल्गुनन्द लिङदेनको देहवसान पश्चात, देह त्याग गर्नुभएको स्थल हाङयक र सिलौटीमा जहाँ अन्तिम संस्कार गरिएको थियो, त्यहाँ समाधिस्थल निर्माण गरिएको छ ।