राष्ट्रवादको राजनीति छैन यहाँ, न समाजवादको सामाजिक भावना नै । केवल आपूmमूखी र आफ्नामूखी राजनीतिको हालिमुहाली । समाजमा दैनिक के खाउँ, के लाउँ भन्ने मानिसको संख्या बढेको बढ्यै छ भने गरिबी निवारण गर्छौँ भन्ने राजनीतिज्ञहरु दिनानुदिन पूँजीवादी सोचमा आपूmहरु मात्र धनी बन्दै गएका छन् । स्वास्थ्य सुविधाको कमिले नागरिकहरु अकालमा मरेका म¥यै छन्, शिक्षाको उज्यालोबाट देशमा अहिले पनि अधिकांश बालबालिकाहरुले बञ्चित हुनुपरेको छ । तर यस्ता अपरिहार्य आवश्यकताहरुको परिपूर्ति गर्नका लागि न कसैले सकारात्मक कदम चालेका देखिया, न यो समाजसेवाको भावना बोकेर न कुनै राजनीतिज्ञहरु निःस्वार्थ भावनाले लागेको देखियो । यदि राजनीति समाजसेवा नै हो भने किन यस्ता अत्यावश्यक सेवा सुविधाहरुबाट हामी सर्वसाधारणहरुले सन्तोषजनक सुविधहरु प्राप्त गर्न सकेको छैनौँ, बुझ्न जरुरी छ ।
राजनीति राज्यको नीति, नियम हो, जसले देश सञ्चालनका लागि आवश्यक सबै विषय र क्षेत्रलाई सन्तुलनमा राखी एउटा सुन्दर, शान्त र उत्कृष्ट देश निर्माणका लागि प्रयोगमा ल्याइएको उच्चस्तरको सामाजिक भाव दर्शाउने विचार वा माध्यमलाई बोध गराउँछ । आर्थिक, साँस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक विषय वा क्षेत्रलाई समष्टिगत गरी राज्यको विकासमा नेतृत्वदायी बन्दै व्यावसायिकभन्दा समाजसेवामा केन्द्रित बन्नु पर्ने राजनीति हिजोआज व्यावसायिक दाउपेचको भूमरीमा बाटो बिराएको बटुवाभैm अलमल्ल परेको अनुभूति हुन थालेको छ । व्यक्तिबाट परिवार समाज हुँदै राष्ट्रियस्तरमा उठेको राजनीति समाजसेवाउन्मूख हुनुपर्नेमा आज आपूm र आफन्त तथा आफ्नो गुट केन्द्रित बनेको यथार्थलाई तपाई हामीले केही न केही महशुश गरेका छौँ । के राज्यको नीति र राजनीति यही हो ? यो प्रश्नले आज राजनीति शब्द भित्र उठबस गर्ने सबैप्रति प्रश्न, प्रतिप्रश्न गरेको छैन र !
समूहको राजनीति, नातावाद, कृपावादको राजनीति, बाहुल्यताको राजनीति, सबै मै हूँ भन्ने राजनीति, अर्काको अस्तित्वलाई स्वीकार नगर्ने राजनीति । यहाँ त आफ्नो पार्टीलाई नै राज्यसत्ता बाहिर निकालेर अर्को अल्पमतको व्यक्तिलाई सत्तामा पु¥याउने राजनीति गरिन्छ । यी क्रियाकलाप असल समाजसेवी क्रियाकलाप हुन् त ? अब सम्पूर्ण नागरिकहरुले उनीहरुको मनसाय बुझ्न जरुरी छ । व्यक्तिगत या गुटगत स्वार्थका लागि यहाँ जस्तासुकै अनैतिक क्रियाकलापहरु पनि हुने गरेका छन् । फेरि आफ्नै पार्टीभित्र पनि विभिन्न समूहहरु देखिन्छन् । अनि आफ्नै पार्टी हो तर पनि यो भन्दा त्यो राम्रो होला, एउटा गुटमा पसे जितिने अवस्था आए जुनै पनि समूह छाडेर अर्कै समूहमा गई आफ्नो प्रभुत्व जमाउन खोज्ने राजनीति । यहाँ त सामाजिक सेवामा समर्पित राजनीति त खोइ ? कहिलेसम्म पर्खनु पर्ने हो ? अन्योल देखिन्छ । यहाँ त स्वास्थ्य सेवा सुविधामा राजनीति, धनीलाई र गरीबलाई छुट्याउने राजनीति, धर्ममा पनि राजनीति, शिक्षामा पनि राजनीति । सबै व्यक्ति राजनीतिज्ञ बन्छु भन्ने तर बन्न नसके उसको झोलेसम्म पनि बन्न पाए त्यसलाई व्यवसाय बनाउन सकिन्छ भन्ने मानसिकताको राजनीति । आपूm र आफन्त केन्द्रित सुखभोगको राजनीति आजको राजनीति त होइन ? गम्भीर भएर विचार विमर्श गर्नुहुनेछ । यहाँ आफ्नै स्थानीय क्षेत्रमा, कभर्ड हलमा विकासलाई ध्यान नदिई पार्टीगत गुटको राजनीति भएको देखिएको छ । फलाना पार्टी भएको बेला चिलाना पार्टीको व्यक्तिलाई कसरी अध्यक्ष बनाउने, आफ्नै पार्टीको अध्यक्ष हुनुपर्छ भन्ने राजनीति, सही व्यक्ति या संस्था चिन्न नपर्ने, निर्णयलाई आपूmपट्टि पार्न अनि विकासलाई ‘विकास’ले नै अगाडि बढाउँला तर यसलाई हुदैन भन्ने चर्को विवादास्पद सोचको राजनीति ।
समाजसेवा त कहिले पूर्वाग्रही हुदैन, सेवामूखी हुनुपर्ने हो, त्यो देखिएको अहिलेसम्म छैन । यहाँ मालपोतमा पैसा कमाउने ठूलो राजनीति हुन्छ । अनि बाहिर बस्ने अर्धशिक्षित वा अशिक्षित दलालहरु (विचौलिया) तपाईको यहाँ नक्शा छैन तर यसो मिलाउन चाहिँ सकिन्छ तर यति नगद चाहिन्छ भनी बाहिरी र भित्री रक्तपिशाचहरु सोझा, निमुखा सर्वसाधारणहरु माथि ठूलो रणनीति गरी राजनीति गर्ने गरेका पाइएको छ । कहिले नक्शा छैन, कहिले यसको जग्गा यता पर्छ, कहिले उता पो पर्छ भनी बारम्बार त्यहि विषय बनाएर वर्षौं एउटै जग्गामा राजनीतिको व्यवसाय हुने गरेको छ । कहिले ऐलानी जग्गाको विषय पहिलो राजनीतिक विषय हुन्छ त कहिले नम्बरी जग्गालाई स्थान फेरबदल गर्दै व्यवसाय गर्ने माध्यम बनाइन्छ । यहाँ समाजसेवा खोइ त ? व्यवसाय पनि त आपूm सबै सुविधा भोगौं, बाँकी जेहोस् भन्ने त पक्का होइन । आपूm पनि बाँचौँ, अरुलाई पनि बचाऔँ भन्ने समाजसेवाको भावना खोई ? यहाँ त खेलको नाममा राजनीति, फलाना समावेश भए हामी खेल्न पाउँदैनौँ भन्ने तिकडमबाजको राजनीति, हुर्कदै गरेको संस्थालाई विष हालेर बाल्यावस्थामै मास्ने राजनीति, गोल्डकपमा व्यावसायिक राजनीति, पैसा उठाएर आफ्नै गोजीमा राखी संयोजकलाई अप्ठ्यारोमा पार्ने राजनीति, यहाँ एउटा संस्थामा मात्र नभएर सबै संस्थाहरुमा भाग खोज्नु पर्ने राजनीति, जहाँ पैसा कमाउने माध्यम मात्र खोजिन्छ समाजसेवा कहीँ देखिदैन । यहाँ शिक्षा, स्वास्थ्य जस्ता गम्भीर विषयवस्तुमा पनि राजनीति भएको पाइएको छ, जसको ज्वलन्त उदाहरण त्यहाँ भित्रका विभिन्न संघ÷संस्थाहरुको क्रियाकलापबाट प्रष्ट देखिन्छ । जुन व्यावसायिक गतिविधिका लागि मात्र उत्पादन गरिएका हुन् । समाजसेवाको गन्ध कहिँ पाइएको छैन, खाली समाजसेवा बेइमान भएको छ ।
यहाँ महासंघ, संघ आदि इत्यादि गरेर विभिन्न नामाकरण गरी शिक्षक साथीहरुलाई पनि मानसिक र बौद्धिक रुपमा विभाजन गर्न खोजिएको छ । संघले गरेको समर्थनमा कहिले संगठन आपत्ति जनाउँछ भने त्यसको विपरीत संगठनले गरेको निर्णयमा संघको व्यङ्ग्यात्मक टिप्पणी पाइएको छ । एकता भन्ने चिज बौद्धिक व्यक्तिहरुका लागि पनि अपरिचित देखिएको जस्तो आभाष गरेको छु । बैद्धिक व्यक्तिहरुमा पनि एकता भएन भने सामाजिक उत्थानको परिकल्पना गर्न नसकिने कुरा जानकारी सबैमा छ । समाजसेवा त निःस्वार्थ गरिने सेवा हो । यहाँ पैसा कमाउने माध्यमको खोजी नहुनु पर्ने हो वा कहिलेकाहिँ आफ्नै गोजी रित्तिनु पर्ने हो । त्यसको विपरीत यहाँ बिरामी मान्छेको नाममा चन्दा उठाएर आफ्नो गोजी भर्ने व्यक्तिहरु, धनीपूर्जामा किर्ते सहमती गरी आर्थिक लाभ उठाउने दलालहरु, एउटा गरीबको घरै उजाडी आफ्नो व्यक्तित्वलाई विस्तारै नैतिक रुपमा सडाउँदै दुई दिनको जीवनमा कलङ्कित जीवन बिताउँदै खोक्रो व्यक्तित्व झल्काउने प्रयत्नमा देखिन्छन् । एकातिर थोरै सकारात्मक राजनीतिक मानसिकता बोकेका व्यक्तिहरु नेपथ्यमा बसेर सकारात्मक प्रगतिका लागि स–साना सामाजिक कार्यमा मस्त देखिने राजनीतिज्ञहरु देखिएका छन् भने अर्कोतिर अरुलाई असाध्य पीडा दिएर आपूmमात्र त हूँ नि भन्ने मानसिकता बोकेर खुलेआम बाघको छाला ओडेर स्यालको जीवन बाँच्न खोज्ने धुर्त र चतुर हूँ भन्ने मानसिकता बोकेर सामाजिक सेवक हूँ भन्ने घमण्ड गर्ने परजीवी सोचका मात्र अप्राकृतिक गुण बोक्ने राजनीतिज्ञ समाजसेवी भनी ठूलो आडम्बर गर्ने गर्दछन् ।
आधुनिकीकरणले विषाक्त राजनीति, प्राकृतिक मूल्य मान्यता नमान्ने राजनीति, तपाईको पार्टीमा योगदान के ? हामी झोला बोकेर रातदिन खट्छौँ भन्ने मानसिकताको राजनीति, हस्ताक्षर गर्न नजान्ने मान्छे संविधान लेख्छु भन्ने राजनीति, तपाई जस्तो व्यक्ति चाहिदैन भन्ने राजनीतज्ञ, जो वास्तविक राजनीतिको परिभाषा जान्दैन, धनको भरमा संसार जित्छु भन्ने पाखण्डी राजनीतिज्ञ समाजको अगुवा भन्दै कालो अनुहार पारेर आत्मग्लानि सम्म पनि नगरी फुस्रो हाँसो हाँसेर संसार जितेजस्तो गर्ने मूर्ख सामाजिक हूँ भन्ने राजनीतिज्ञ जो व्यावसायिक मात्र छ समाजसेवी छैन आपूm र आफ्नो व्यक्ति जस्तोसुकै चरित्रको भएपनि व्यङ्ग्यात्मक सहमती जनाउँदै आफ्नो वर्चश्व जमाउन अहिलेसम्म पनि सफल देखिएका छन् ।
सायद अब त्यो मानसिकता सर्वसाधारणमा लागू नहुने समय आउन बाँकी नै छ जस्तो देखिन्छ । यस्ता चरित्रका व्यक्ति पनि राजनीतिमा कहिँकतै समाजसेवाका नाममा व्यवसाय गर्दै धन कमाउने सक्दो प्रयत्नमा लागेका देखिन्छन् । आपूm सत्तामा या सत्ता निकट रहँदा आफ्नो पहुँच पुगेसम्म पहिले आफ्नै परिवारका छोराछोरीलाई काममा लगाउने प्रयत्नमा लागिपरेका देखिन्छन् । कहीँ उनीहरुको नियुक्ति विवादास्पद बन्छ, कहीँ निर्विरोध रहेको पाइन्छ । सार्वजनिक सम्पत्तिमा, व्यक्तिगत मन र धनमा समेत खेल्न पछि नहट्ने राज्यको राजनैतिक कु–कृत्य नीति अहिले हाम्रो राज्यको नीति राजनीति बन्न पुगेको यथार्थ तपाई हाम्रा आँखा अगाडि छर्लङ्ग बन्दै गएको छ ।
राजनीति के व्यवसाय होइन त ? नभए त्यो राजनीतिज्ञ जो हिजो सत्तामा नहुँदा चप्पल लगाएर पैदल हिड्ने गथ्र्यो, एकै चोटि त्यहाँ पुग्नासाथ केही छोटो समयमै कसरी आलिसान गाडीमा सवार देखिन्छन् ? गाडीमात्र होइन, यहाँ गाँस, बास अनि कपास पनि अति सुविधाजनक वस्तुहरुले भरिपूर्ण देखिन्छन् । समाजसेवी भावना देखिन्थ्यो भने २०४६ को जनआन्दोलन पश्चात् गरिबीको निवारण र रोजगारीको मुद्दालाई प्रमुख एजेन्डा बनाएका राजनीतिक दलहरु अधिकांश देशका युवा विदेशिने क्रमलाई रोक्न समेत असफल देखिन्छन् । अरु त छाडौँ, कम्युनिष्टहरु पनि आफ्नो स्वार्थ र पैसा कमाउने तिकडममा एकजुट हुनुको साटो टुक्रा–टुक्रा भएर कहाँ जाँदा आपूm बढी शक्तिमा रहन्छु भन्ने दाउमा मात्र मस्त छन् । सामाजिक सोच त केवल कल्पना अनि परिकल्पना मात्र । यहाँ रोजगारी र गरिबी त केवल चुनावी नारामात्र नभए, गरीब, निमुखा जनताहरुले कमसेकम जग्गा धनी पूर्जा प्रमाण पत्र त प्राप्त त गर्नु पर्ने हो तर ? प्रश्नै प्रश्न छ यहाँ समाजसेवाको । राजनीति उपहास गरेर मात्र व्यवसाय मात्र आफ्नो गर्दैछ । देशले कोल्टे कहिले फेर्ला ? के आफ्नो जीवनमा देश र जनता सुखी भएको देख्न पाइएला त ? विरोधाभाषपूर्ण आत्मआलोचनाको खाँचो छ । यहाँ त न्यायालय जस्ता संस्थामा पनि राजनीति घुसिसकेको छ । समाजसेवा गर्छौँ भन्ने राजनीतिकर्मीहरु आपूm सेवा, मेवा पहिले भन्ने चर्को अहंकारी सोचको दौडमा देखिए जस्तो भान हुन्छ । एउटा सानो स्थानको सानो सामूहिक विकासको हितमा राजनीति मात्तिएर समाजसेवालाई जिस्काउने गर्छ, अनि व्यवसायको मिठो सपना लिएर राजनैतिक व्यक्तित्व त्यसको ठूलो आर्थिक लाभ उठाउँदै सामाजिक कार्यलाई लात हान्दै आपूm बुर्कुसी मारेर कुर्सीमा विराजमान छ । एउटा समूहको झुण्ड अर्को समूहभन्दा बढी भएमा त्यो पार्टीको झुण्डले अर्को झुण्डबाट तिरस्कृत व्यवहार पाएको गुनासो पनि सुन्ने गरिएको छ । सायद शिक्षाको ज्योति सँगसँगै यस्ता व्यवहारमा परिवर्तन आउने नै छ । समय त निकै पर्खनु पर्दैन होला । यस्ता झुण्डहरुले परिवार विखण्डित छ । दाजुभाइ टाढा, छिमेकी शत्रु, समाज विहीनताले पर्यावरण धुमलिएको छ ।
यहाँ सानो देशलाई शासन गर्नुभन्दा राजनैतिक भागवण्डा मिलाउन र राज्य प्रदेशलाई राजनीतिक व्यावसायिक थलो बनाउन विभिन्न प्रदेशमा विभाजित गरी बारम्बार सत्तामा आलोपालो गरिखान मन्त्री परिषद गठन अनि विघटन गरिन्छ । प्रधानमन्त्री मात्र होइन, सबै मन्त्री, मुख्यमन्त्री अनि राज्य मन्त्रीहरु परिवर्तन गरिन्छ । यो व्यावसायिक नभए समाजसेवा पनि त होइन । ‘विकास’ भन्ने अलमल्ली मात्र रहन्छ । गर्छु भन्छ तर खर्च गर्न सक्दैन, अर्कोले बाधा गरिदिन्छ ।
समग्रमा अराजकता र विखण्डन राजनैतिक विचारशीलता होइनन् । राजनैतिक व्यवहार, विचार र आदर्श त्यो हो जसले सबै जनताका मनमष्तिस्कमा सकारात्मक धारणा विकास गर्न र सबैलाई नीति नियममा रहेर आ–आफ्ना कार्यहरु स्वतः र स्वतस्पूmर्त रुपमा गर्न सक्ने त्यो सौहार्दताले भरिपूर्ण राजनीतिक वातावरणमा हामीमा सिर्जना गर्न सक्नुपर्दछ । राजनीति जहिले पनि प्राकृतिक रुपमा समाजसेवासँग पति–पत्नीको सम्बन्ध जस्तै जोडिदै आएको कुरा हो । एकअर्कासँग खेलवाड गर्नु हुदैन । राजनीतिक शब्द र यसको क्षेत्र परिधिमा रहेर राज्यलाई हाँक्न तयार व्यक्तित्वहरु आपूm र आफ्ना केन्द्रितभन्दा समाज केन्द्रित हुन सक्नु पर्दछ । यस क्षेत्रलाई व्यावसायिक आय–आम्दानी र मोलतोलको अखडाको रुपमा भन्दा पिछडिएका गरीब, अशिक्षित व्यक्ति र ती समाज रुपान्तरण केन्द्रित हुन सक्नु पर्दछ ।

(– लेखक शिक्षण पेसामा आवद्ध हुनुका साथै पत्रकारितामा पनि संलग्न हुनुहुन्छ ।)