बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएसँगै बिभिन्न ठाउँमा बिरोध ¥र्याली सहित न्यायको लागि आवाज उठिरहेको छ । यसै गरि आज नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले धनगढीको पार्क मोड देखि मुख्यमन्त्री कार्यालय सम्म बिरोध र्याली सगै मुख्यमन्त्री कार्यालय अघि कोण सभा र दिप प्रज्वलन गरेको छ ।


बाल हिँसा अन्त्य गर , दोषिलाई कारबाही गर , भगवति न्याय दे , बालबालिकालाई सुरक्षा दे जस्ता नारा लगाइ उक्त ¥र्यालि मुख्यमन्त्री कार्यालय अगाडि कोण सभा र दिप प्रज्वलनमा परिणत भएको छ । दिनानुदिन यस्तो अपराध बढि रहदा सरकारको मुख्य नजरमा नपरेकोले दबाबको रुपमा उक्त ¥र्यालि निकालिएको नगर बाल सञ्जालका सचिव तथा शैंशव मञ्च नेपाल कञ्चनपुर जिल्ला संयोजक शिशिर विश्वकर्माले जानकारी दिए उनले फेरी भने “निर्मला पन्त जस्तै न्याय नपाउने अवस्था भवगतिलाइ नजावस हामी उक्त विरोध र्याली भोलि पनि निरन्तरता दिने छौँ ”साथै शैंशव मञ्च नेपाल केन्द्रीय अध्यक्ष दिवस कार्कीले देशका अधिकांश सहरी क्षेत्रमा न्यायका लागि प्रदर्शन गर्ने जानकारी दिएका छन ।